जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप
जनकपुरधाम, धनुषाको जनकपुरधाममा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बीच झडप भएको छ । बुधबार राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । हाल प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् भने उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैबाट जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस्