
काठमाडौं माग ११ गते । गएको २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमित थपिएका छन् । २५ हजार ९०९ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ९४३२ जना र एन्टीजेन परिक्षण विधीबाट २५७६ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । थप ३०४० जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ८९.२ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ६६७ जना पुगेका छन् ।







