February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेकाका मन्त्री पौडेलले यो, त्यो बाहाना नगरी समयमै विद्यार्थीको रिजल्ट निकाल्न निर्देशन दिएका हुन् । 

मन्त्री पौडेलले भने, ‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ । रिजल्ट प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट गर्नुपर्‍यो ।’

शीर्ष समाचार

धेरै पढिएको