
काठमाडौं, भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएको छ । मन्त्रालयका अनुसार अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने छ ।
सरकारले अब तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिनेछ ।
कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।








