
काठमाडौं, आइतबार नेपालमा थप ६ हजार ४६२ नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७७ पीसीआर परीक्षण हुँदा ५ हजार ५५८ र ४ हजार ६० एन्टिजेन परीक्षणमा ८६४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने सोही अवधीमा कोरोना निको भई १ हजार ४१६ जना डिस्चार्ज भएका छन् ।
यसैगरी गत २४ घण्टामा ४९ हजार ४७३ ले खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।







