
काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचमा स्वच्छ, मर्यादित बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । आज सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘अब आउने स्थानीय तहको चुनावलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु। गत चुनावमा पनि सशस्त्र प्रहरीको भूमिका अग्रणी थियो।’
यसैगरी प्रहरीले आन्तरिक चुनौतिलाई सामना गर्न सकेकोप्रति उनले प्रशंसा गरेका छन् । नेपालमा संकट आइपर्दा राष्ट्रसेवकले महत्वपूर्ण भूमिका नीर्वाह गर्दै आएको उनको भनाइ छ ।







