
काबुल, अफगानिस्तानको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको उक्त बिस्फोटमा अन्य सात जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो ।
यसैगरी आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन भने सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्पतालका एक अधिकारीले बताएका छन् ।एजेन्सी







