
काठमाडौं, नेपालमा शनिबार १० हजार २५४ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ४६२ पीसीआर परीक्षण गर्दा ८ हजार २१२ र ५ हजार ७२५ एन्टिजेन परीक्षणमा २ हजार ४२ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७०८ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको स्ख्या ८ लाख २० हजार २८३ पुगेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने सोही अवधिमा १ लाख ९६ हजार ८५७ ले खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।







