
काठमाडौं, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपत्तिजनक र बर्बरतापूर्ण भएको बताएका छन् । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उनले बताएका छन् ।
सोप्रति आपत्ती जनाउँदै पूर्वमन्त्री ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्, “एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ, यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ ।’ उनले अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने पनि बताएका छन् ।”
हिजो बिहिवार मधेश बलिदान दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री यादवले सीके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् ।







