
काठमाडौं, लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा हाललाई स्थगित गरेको छ ।
बिहिवार आयोगले एक सूचना जारी गरी आयोगका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन गरेको हो ।
यसैगरी लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावतरुपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा उल्लेख छ ।







