
काठमाडौं, काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई शुक्रवार माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
अतिरिक्त शुल्क असुलेको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा नै कालोमोसो दलेका हुन् ।
यसैगरी सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै कालोमोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलेले सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।







