March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नारायणहिटी प्रकरण: बताससँग गरिएको क्याफेटेरिया सञ्चालन गर्ने सम्झौता तोडिने

काठमाडौं, बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताससँगको ठेक्का सम्झौता तोडिने जानकारी दिएका हुन् ।

नियमविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो । मन्त्री आलेले सञ्चारमाध्यमसँग भने, ‘यसका कानुनी कुराहरू के छन्, ती सबै कुरा बुझ्ने काम भइरहेको छ, बताससँग ठेक्का सम्झौता रहन्न ।’

उनले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का पनि नलाग्ने बताएका छन् भने त्यहाँ रहेको संरचना खाली रहेको विषयमा के गर्ने भन्ने निर्णय गरिने उनले बताए । यसैगरी नारायणहिटीमा नयाँ ठेक्का कसैलाई नदिइने र त्यो संरचना के गर्न भन्ने निर्णय हुने मन्त्री आलेको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको