January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

नेपालमा काेराना संक्रमित अत्यधिक थपिए,एकै दिन ३५५३ जनामा पुष्टि

काठमाडौं पाैष २९, नेपालमा काेराेना संक्रमितको संख्या अत्यधिक बढ्न थालेको छ । गएको २४ घण्टामा ३ हजार ५५३ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७१ जना उपचार पछि डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमित भई निकाे हुनेकाे कुल संख्या ८ लाख १५ हजार ३४७ जना पुगेका छन् ।

त्यसैगरी गत २४ घण्टामा थप १ जनाकाे मृत्यु भएको छ । नेपाल काेराेनाबाट मृत्युु हुनेकाे कुल संख्या हालसम्म ११ हजार ६१० जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमित १४३४० रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको