January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

कोरोना प्रभाव: सिंहदरबार प्रवेशमा कडाइ, सबै प्रकारका पास खारेज

काठमाडौं, कोरोना संक्रमण तिव्र गतिले बढ्न थालेपछि सिंहदरवार प्रवेशमा थप कडाइ गर्ने भएको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका सबै पास खारेज गर्ने बताएको छ ।

मन्त्रालयका अनुसार मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्नेछ ।

यसैगरी अस्थायी वा स्थायी परिचयपत्र बनाउनुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको