January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

उपत्यकामा आजबाट ‘स्मार्ट लकडाउन’, यस्ता छन मापदण्ड

काठमाडौं, उपत्यकामा आजबाट ‘स्मार्ट लकडाउन’ गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु गरिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आदेश जारी गरेका छन् ।
जारी आदेशमा भनिएको छ, ‘कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसि) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन,२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बुधबारदेखि अर्को सूचना नभएसम्म लागू हुने आदेश जारी गरिएको छ।’ 

यसैगरी बैठकले उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने, नगराउने, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी, गराई गर्ने व्यवस्था मिलाउने। ’जारी आदेशमा भनिएको छ, ‘२५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने। ’

प्रशासनले सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गते देखि कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्नुपर्ने र खोप कार्ड हेरेर मात्र प्रवेश दिने निर्णय गरेको छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको