
पर्सा– पर्सा जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पुष्टि भएका मध्य १५ जना भारतीय नागरिक रहेका छन् । संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा, २० जना अस्पताल सफाइकर्मी पनि रहेका छन् ।
अहिले सम्म कोभिड १९ को कारण १९ जनाको मृत्यु भएको छ । १ जना भारतीय एक जना वेवारिसे बाराका २ रौतहटका १ एक जना रहेका छन् । बारा र रौतहटका समेत गरी पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृतकहरू अधिकांश दीर्घ रोगी एव्ं अन्य कुनै स्वास्थ्य समस्या भएका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।कतिपयमा मृत्यु भइसकेपछि कोभिड पुष्टि भएका छन् भने कतिपय अन्य उपचारको लागि अस्पताल डुलाउँदा डुलाउँदा मृत्यु भएका छन् ।
पर्सामा १४ हजार ८ सय ३४ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोना संक्रमित ३ सय २५ जना होम आइसोलेसनका नाममा आइसोलेशन भन्दा बाहिर रहनु नै पर्साको लागि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने चुनौती बनेको छ । होम आइसोलेुनको मापदण्ड पालना भए नभएको बारेमा अनुगमन हुन सकेको छैन । यस्तो अवस्थामा थप आइसोलेशन वार्डको निर्माण आवश्यक देखिएको छ ।पर्सामा कोरोनाभाइरसबाट संक्रमितहरु मध्य १ सय ९८ पुरुष र ४३ महिला गरी २ सय ४३ जना निको भएर घर फर्किसकेका छन् । ntv file photo





