January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

थप १ हजार ४४६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन थप १ हजार ४४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि आइतबार ११६७ जनालाई कोरोना संक्रमण देखिएको थियो । पछिल्लो २४ घन्टामा थप २५५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ७८५५ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको