
काठमाडौं, विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ ।
कोरोना सङ्क्रमण क्रमशः बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सोबारे आज निर्णय हुनेछ भने हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय हुनेछ ।
यसैबीच केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ भने केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ ।







