January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

आजबाट राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता लागू

file photo

काठमाडौं, राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । रिक्त १९ पदका लागि आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अवधिभर आचारसंहिता पालना नभए कारबाही गरिने चेतावनी दिएको छ । आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गरिनुपर्ने पनि बताएको छ ।

केन्द्र, प्रदेश र स्थानीय तहका सरकार तथा मन्त्रीहरूलाई पनि आचारसंहिता लाग्नेछ भने सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीमा पनि आचारसंहिता लागू हुनेछ ।यस्तै राजनीतिक दललाई पनि आचारसंहिता लाग्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको