March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

न्युयोर्कमाको अपार्टमेन्टमा आगलागी : ९ जना बालबालिका सहित १९ जनाको मृत्यु

अमेरिकाको न्युयोर्कमा रहेको एउटा आवासीय अपार्टमेन्टमा आगलागी हुँदा ९ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको छ ।घटनामा ६३ जना घाइते भएका छन् । गभ्भीर अवस्थामा रहेका ३२ जनालाई अस्पताल लगिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सका अनुसार घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।

अग्नी विभागका कमिस्नरका अनुसार घटना १९ तल्ले अपार्टमेन्टको ब्लकमा प्रत्येक तल्लामा लासहरु भेटिएको छ । धुवाँ भवनभरी फैलिएकाले स्थिति तनावपूर्ण रहेको बताइएको छ ।

न्युयोर्कमा ३० वर्षको अवधिमा यति भयानक र विभत्स घटना भएकोको एनबिसी न्युजले जनाएको छ । २ सय वटा अग्नी नियन्त्रणबाट आगो निभाइएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । विग्रिएको विद्युतीय हिटरबाट आगलागी शुरु भएको अनुमान गरिएको छ ।

यस अघि केही दिन अघि मात्रै अमेरिकाकै फिलाडेल्फियामा भएको अपार्टमेन्ट आगलागीमा ८ जना बालबालिका सहित १२ जनाको मृत्यु भएको थियो । अमेरिकामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् ।