January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

सीसीएमसीसीका १३ सिफारिस,विद्यालय बन्ददेखि खोपकार्ड अनिवार्यसम्म

कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।

त्यसैगरी २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ भने सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

सँगै देशभरका आधारभूत र माद्यामिक विद्यालय माघ १५ गतेदेखि बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीसीले विद्यालय बन्द गर्ने सिफारिस गरे पनि यसको निर्णय नेपाल सरकारले गर्नेछ ।

सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिस :

शीर्ष समाचार

धेरै पढिएको