January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

एकैदिन थपिए १ हजार १६७ कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं, आइतबार एकैदिन १ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३२ परीक्षणबाट १ हजार १६७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ८ लाख ३२ हजार ५८९ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १४ हजार २ सय ३० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ जना छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । कोरोनाबाट हालसम्म ११ हजार ६०४ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको