January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

घुम्टो ओढाएर राखिएको रेल्वे बल्ल परीक्षण

नेपाल रेल्वेको दुईवटा रेलको आज परीक्षण भएको छ । इनर्वादेखि कुर्थासम्म रेल गुडाएर परीक्षण गरिएको हो ।

४ सय ७६ दिनपछि घुम्टो ओढाएर राखिएको रेल्वेको परीक्षण गरिएको हो । ३ असोज २०७७ मा भारतीय कम्पनी कोंकन रेल्वे कर्पोरेशनले नेपाल रेल्वे कम्पनी लिमिटेडलाई रेल हस्तान्तरण गरेका थिए ।

८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको रेल सञ्चालनमा आएको थिएन ।

थन्काएर राखिएकाले रेलको इन्जिनलगायत पाटपूर्जाको परीक्षण गरिएको थियो । माघ महिनाको अन्ततिर रेल नियमित सञ्चालनमा ल्याउने तयारी भएको छ ।

रेल भारतको कोंकन कम्पनीका चालकदलले गुडाएका थिए । नेपाली प्राविधिकलाई तालिम दिने तयारी समेत भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको