
सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् ।
उक्त पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताएका छन ।
घटनास्थल दुर्गममा भएकाले उद्धारमा पैदल जान कठिनाइ भएकाले हेलिकोप्टर बोलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएका छन ।





