
काठमाडौं, शनिबार नेपालमा थप ९४४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० छ ।
९ हजार ७६२ वटा पीसीआर नमुना परीक्षण गर्दा ६९६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो । यस्तै, ३५०२ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा २४८ जनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९७ जना संक्रमित निको भएका छन् । ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।







