January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

प्रचण्डसहित माओवादीका ११ जना नेतालाई कोरोना पुष्टि

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका ११ जना नेता कार्यकर्तालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डका सचवालयको अनुसार नेता कार्यकर्ता धमाधम अस्वस्थ्य भएपछि केन्द्रीय कार्यालय सिल गरिएको छ । प्रचण्डलाई लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

प्रचण्ड आठौँ महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिन पुगेकाहरु अधिकांशमा संक्रमण देखिएको छ ।

यस्तै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्वअंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भएको छ । उनीहरु अध्यक्ष प्रचण्डलाई आन्तरिक रुपमा बधाई दिन पुगेका थिए ।

यसैगरी अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह, नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायलगायतका नेतालाई संक्रमण पुष्टि भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको