
काठमाडौं, शुक्रवार नेपालमा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ९७१ परीक्षणबाट ९६८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा हालसम्म ८ लाख ३१ हजार ५२ जना संक्रमित भएका छन् । गत २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको छ । कोरोनाबाट हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ७४१ जना छन् । २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।







