April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

हामी चुनावको प्रतिक्षामा छौँ, त्यसपछि शक्तिशाली भएर सरकार बनाउने छौँ : ओली

file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् । शुक्रबार पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले शक्तिशाली भएर सरकार बनाउने दावी गरेका छन् ।

उनले भने, ‘हामीलाई जनताको कवच प्राप्त छ । हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’ 

अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाएका छन् । उनले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’ 

शीर्ष समाचार

धेरै पढिएको