March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं, नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले जनाएअनुसार थप २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो । जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको