January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

प्लाइउड व्यापारीको ठगीधन्दा : नक्कली बिल बनाएर करोडौं राजस्व छली

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको देखिएको छ । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छलेको पाइएको हो ।

‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि हो । यसरी कच्चा बिलको भुक्तानी गर्दा व्यक्तिगत नाममा लिने गरिन्छ ।

यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिन्छ । भगवती लेमिनेट्सले ‘ए’, ‘बी’ र ‘सी’ स्तरका प्लाइउड उत्पादन गर्दै आएको छ । यसको मूल्य ग्रेडिङका आधारमा निर्धारण गरिन्छ । न्यूनतम प्लाइउड ‘ए’ ‘बी’ ‘सी’ ग्रेडिङको हुन्छ । ‘कच्चा बिल’मा १० करोड, ‘पक्का बिल’मा ७ करोड तर कच्चा नै वास्तविक

ग्रेडिङ प्लाइउडको मोटाइमा निर्भर हुन्छ । ‘ए’ ग्रेडको प्लाई सबैभन्दा राम्रो मानिन्छ र यसको मूल्य अरू ग्रेडभन्दा बढी हुन्छ । कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गरेको देखिएको छ ।

भगवती लेमिनेट्सले प्लाइउडको नेप्लाई ब्रान्ड बजारमा विस्तार गरेको छ । ग्रेड ‘ए’ नेप्लाई, ‘बी’ ग्रेडमा वन प्लस एक्सेल, फस्ट च्वाइस, स्वाभिमान, स्वराज, स्टिलउड र ‘सी’ ग्रेड पावर जोन नाम दिइएको छ । तर, प्रायः ग्रेड ‘ए’ नेप्लाई बेचे पनि बिलचाहिँ ‘सी’ ग्रेडकै बनाउने पनि लेखापालले बताएका छन् ।

भगवती लेमिनेट्सले ‘बी’ ग्रेडिङको प्लाइउडलाई ‘सी’ ग्रेडको मूल्य राखी कर छल्न भ्याट बिल बनाउने गरेको पाइएको आजको राजधानी दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको