January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

एमालेको ७७ वटै जिल्ला अधिवेशन आज हुदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ वटै जिल्ला अधिवेशन आज हुदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम रहेको र मौसमका कारण केही हिमाली जिल्लामा भने पछि अधिवेशन हुनसक्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको