
झापा, झापाको मेचीनगर–७ मा भएको आगोलागीमा परी एक महिलाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
गए राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । सोही आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर–८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको थियो । टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चा घर पूर्णरूपमा जलेर नस्ट भएको उनले बताए ।
आगलागीमा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये हाल ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







