
काठमाडौं, नेकपा एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड तोकेको छ । सो मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । एमालेको जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ भने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
यस्ता छन् मापदण्ड :
१-पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
२- सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।
३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।







