January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं, पुस २१ गते । पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

१० हजार २६७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ

पछिल्लो २४ घण्टामा २३९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०१ जनाको मृत्यु भएको छ ।यसैगरी, देशभर हालसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको