January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

प्रधानमन्त्री देउवा र बिम्स्टेकका महासचिव तेन्जिङबीच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको हो ।

नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले विम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका थिए ।

बिम्स्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरेका थिए ।बिम्स्टेकले अहिलेसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आकाङ्क्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको