January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

दैलेखमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

दैलेख, दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भर्को छ भने ८ जना घाइते भएका छन् । भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ मा आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सो दुर्घटनामा भगवतीमाई गाँउपालिका–६ निवासी हाल वडा नं १ मा बस्ने चालक कृष्ण रोकायको मृत्यु भएको हो । सदरमुकामतर्फ जाँदै गरेकोभएको हो ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् भने घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको