January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

राप्रपाको केन्द्रीय कार्यसमितिमा ३१ जना सदस्य मनोनीत

काठमाडौं, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिमा ३१ जना सदस्य मनोनीत गरेका छन् ।

उनले कार्यसमितिमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

यसैगरी अन्य मनोनीत सदस्यमा मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्द न्यौपाने, सरोजा शर्मा रहेका छन् । रामप्रपात साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र वम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट, नवीक शाही रहेका छन् ।

राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय हुनेछ । राप्रपाको केन्द्रीय कार्यसमिति १ सय ८० सदस्यीय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको