
काठमाडौं, मंगलबार थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालाबाट ९ हजार ३२९ जनाको नमूना परीक्षण गर्दा ३९३ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २६३ जना निको भएका छन् । योसँगै कोरोना निको भैइ डिस्चार्ज हुनेको संख्या ८ लाख १२ हजार ९३७ पुगेको ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ । गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको हो ।
सोही अवधीमा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।







