January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले टुङ्ग्यायो पाँच उम्मेदवार

काठमाडौं, नेकपा माओवादी केन्द्रले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार मंगलबार माओवादीले उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादीले प्रदेश २ बाट महिलाबाट उर्मिला अर्याल, गण्डकीबाट दलित कोटामा भुवन सुनार, सुदूरपश्चिम दलितबाट जगत पार्की, कर्णाली प्रदेशको अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र अन्यबाट सुरेश आलेमगर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको हो ।

यसैगरी आगामी राष्ट्रियसभाको सदस्यको निर्वाचनमा माओवादी केन्द्रसहित पाँचदलीय सत्तागठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको