January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

थप ३२६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं, सोमबार नेपालमा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालाबाट १२ हजार ४९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ । गत २४ घण्टामा २५५ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ ।

सोही अवधीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको