January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

पिर्के सलामीले झाँक्री विवादमा तानियपछि…

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीमा पिर्के सलामी लिएको विषय अहिले सामाजिक सञ्जालमा व्यापक विरोध र चर्चाको विषय बनेकाे छ ।

झाँक्रीले विगतमा पिर्के सलामी बारे आलोचना समेत गरेकी थिइन् । अहिले आफै उक्त सलामीप्रति माेहित रहेकाे र काम भन्दा पनि सलामी तिर ध्यान गएको भन्दै सामाजिक सञ्जालमा धेरैले विराेध गरेका छन् ।

गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा रहेको इलाका प्रहरी कार्यालयले मन्त्री झाँक्रीलाई सलामी अर्पण गरेको थियो ।साेहि तस्वीर सार्वजनिक भएपछि मन्त्री झाँक्री विवादमा परेकी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको