January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

थप २१६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं, आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा हालसम्म ८ लाख २८ हजार ९८६ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ७ हजार ६३१ परीक्षणबाट २१६ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २०९ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ । सोही अवधिमा १ लाख ३३ हजार ८१२ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ४ हजार ९७१ जना छन् । यसैगरी गत २४ घण्टामा कोभिड संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ५९८ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको