January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

धनुषामा सिके राउत कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुर, धनुषामा आन्दोलनरत सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ । आइतबार प्रहरीको गोली लागेर पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरु ५ जना घाइते भएका छन् ।

झडपमा परि घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् ।

घाइतेहरु मध्ये २ जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ । यसैगरी अन्य ३ जनाको खुट्टा चोट लागेको जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको