January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

बुटवल, बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

आइतबार बिहान साढे दस बजेतिर लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिएका छन् । उक्त बसमा ३५ जना सवार थिए ।

शीर्ष समाचार

धेरै पढिएको