
काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज सभापति शेर बहादुर देउवाले सोमबार पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि सो बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।







