आजको मौसम पुर्वानुमान: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं, अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । आज देशभर आंशिक बदली रहनेछ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्