August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

थप ३८२ जनामा कोरोना संक्रमण, २५२ जना डिस्चार्ज

काठमाडौं, शनिबार थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २५२ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १२ हजार २१० पुगेको छ ।

हाल देशभर ४ हजार ९६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घन्टामा ५९ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको