April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

५० प्रतिशत कर्मचारी मात्र उपस्थित हुन नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं, नेपाल राष्ट्र बैंकले कर्मचारीलाई सकेसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउन बैंक तथा संस्थालाई निर्देशन दिएको छ । बढिमा ५० प्रतिशत कर्मचारिलाई मात्र कार्यलयमा उपस्तिथि गराउन, बाँकि कर्मचारीलाई घरबाटै कार्य गराउन, आफ्नो क्षेत्रभन्दा बाहिर गएका र कोरोना संक्रमितको नजिक रहेको शंका लागेका कर्मचारीको पिसिआर परिक्षण गराउन र उक्त परिक्षणको खर्च संस्थाले नै बेहोर्न निर्देशन दिएको छ ।

बैंक तथा बित्तिय संस्थामा बैठक तथा भेटघाट नगर्न, कर्मचारिलाई आवश्यक पर्ने सम्पुर्ण सुरक्षा सामाग्रीका साथ काममा मात्रै खटाउन र संक्रमितको सम्पर्कमा रहेका र कन्ट्याक्ट् ट्रेसिङमा परेको कर्मचारिलाई होटेल क्वारेन्टाइनमा सुरक्षित राख्नुका साथै घरबाटै काम गर्ने र क्वारेन्टाइनमा रहेकोे कार्मचारिको सुबिधा, तलब नरोक्न पनि नेपाल राष्ट्र बैंकले सबै बित्तीय संस्थालाई निर्देशन दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको