माओवादीमा सहमति जुटाउनका लागि साँझ ५ बजेसम्म बन्दसत्र स्थगित

काठमाडौं, नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित गरिएको छ । विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो ।
कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीका अनुसार
सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र स्थगित भएको हो । केन्द्रीय समितिको ट्ङ्गो लगाउन महाधिवेशनस्थल प्रज्ञा भवनमा हाल स्थायी समिति बैठक बसिरहेको छ ।
यसैगरी महाधिवेशनबाट आजै केन्द्रीय समितिको टुङ्गो लगाउने माओवादीको तयारी छ भने विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।
प्रतिकृया दिनुहोस्