January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन, सर्वसहमति नभए चुनाव हुन्छ: प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनका लागि चुनावमा जाने अवस्था आउन सक्ने बताएका छन् । हाल उपत्यकामा जारी महाधिवेशनको बन्दसत्र हलबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन। चुनावमा जानै परे जनवादी अभ्यास गरेर अघि बढ्छौं ।’ अहिले बन्दसत्र दुई घन्टाका लागि स्थगित गरिएको छ भने त्यसलगत्तै महाधिवेशन आयोजक समितिको बैठक बस्न लागेको हो । सो बैठकले नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास गर्ने बताएको छ

शीर्ष समाचार

धेरै पढिएको